काठमाडौं।डोल्टी पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथामिक सेयर जारी गर्ने भएको छ। सेयर जारी गर्नका लागि कम्पनीले गत आइतबार नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको छ।
कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ जारी गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो।
बोर्डबाट अनुमति पाएपछि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि प्राथमिक निष्कासन जारी गर्ने छ।
यस कम्पनीले प्राथमिक सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ।
यस अघि आइपीओ जारीको अनुमति माग गर्दै घोराही सिमेन्टले बोर्डमा निवेदन दिएको थियो। कम्पनीले ३ अर्ब ४४ करोड बढीको आइपीओ जारीका लागी बोर्डसँग स्वीकृति माग गरेको हो।
यो पनिः
मथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ जारी हुँदै