लमजुङ। दोर्दी गाउँपालिका ८ बन्सारमा रहेको फलेनी माध्यमिक विद्यालयमा २ कोठे विद्यालय भवन निर्माण भएको छ। श्लिषा संस्थाको समन्वय तथा होल्ड चिल्डेन्स् सर्भिस संस्थाको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो।
विद्यालयका अनुसार होल्ड चिल्डेन्स् सर्भिस संस्थाको ३२ लाख ९९ हजार ६ सय ९८ रुपैयाँ र विद्यालयको १ लाख ५९ हजार ६ सय रुपैयाँ गरी ३४ लाख ५९ हजार २ सय ५८ रुपैयाँ भवन निर्माण गरिएको हो। जस्तापाता राखेर निर्माण गरिएको उक्त विद्यालय भवनमा बाल विकास कक्षा संचालन गर्ने विद्यालयले जनाएको छ।
२ कोठे भवनमा शौचालय, बाथरुम समेत रहेको छ। विद्यालयका अनुसार बालबालिकाका लागि, खेलकुदका सामग्रीहरु समेत निर्माण गरिएको छ। हाल बालविकास कक्षामा २५ जना विद्यार्थीहरु अध्ययनरत छन्।