काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सीसी टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ। पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानीमा सीसी टिभी क्यामेरा र बत्ती जडान गरिएपछि चोरीका घटना र झैझगडामा कमी आउने अपेक्षा गरिएको छ।
बजारका मुख्य चोकमा २५ सीसी टिभी क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिले जनाएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको रु १० लाख बजेटबाट उक्त कार्य सम्पन्न गरिएको हो।
बजारमा जोडिएका क्यामेराको रेखदेखको जिम्मा भने इलाका प्रहरी चौकी भुरुङतातोपनीको जिम्मा लगाइएको छ। प्राकृतिक उपचार स्थल र पर्यटकको थकान मेटाउने थलोको रुपमा परिचित तातोपानी कुण्डमा आउने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई ध्यानमा राखि बजार क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीसी क्यामेराबाट ठूलो मद्दत पुग्ने प्रहरीले जनाएको छ। बेनी–जोमसोम सडकखण्ड र अन्नपूर्ण पदयात्राले समेटिएको भुरुङ तातोपानीमा अत्यधिक पर्यटकीय गतिविधि हुने गरेको छ।