काठमाडौं । काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतस्तरीय बैठकले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए ।
उनलाई नगर कार्यपालिकाको ट्राफिक विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरिएको काफ्लेले विज्ञप्तिमा उल्लेख गरेका छन् । श्रेष्ठ पूर्व प्रहरी उपरीक्षकसमेत हुन् ।