पोखरा। पोखरा महानगरपालिकाले मापदण्ड भित्र रहेर निर्माण हुने संरचनामा मात्र काम गर्न निर्माण व्यवसायीहरुलाई निर्देशन दिएको छ। महानगरपालिकाले निर्माण व्यवसायीका लागि सूचना जारी गर्दै निर्माण व्यवसायीले पोखरा महानगरभित्र बन्ने संरचना मापदण्ड अनुसार हो कि होइन भन्ने यकिन गरेर मात्र काम गर्न निर्देशन दिएको हो।
महानगरले अनधिकृत संरचना निर्माणमा व्यवसायीले सहयोग गरेको पाइएमा निर्माण हुँदा प्रयोगमा आउने सवारीसाधन तथा अन्य निर्माण साम्रागी नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ।
सूचनामा भनिएको छ, ‘पोखरा महानगरभित्रका विभिन्न स्थानमा निर्माण व्यवसायीहरुले सेवा प्रदान गर्दा निर्माण हुने संरचना वैध तथा मापदण्ड भित्रको हो वा हैन यकिन गरेर मात्र सेवा प्रदान गर्नुहुन जानकारी गराइन्छ। अन्यथा अन्धिकृत रुपमा मापदण्ड विपरीतको संरचना निर्माणमा सहभगि भएका र त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायतका साम्रागीहरु कानुन बमोजिम नियन्त्रण लिइने जानकारी गराइन्छ।’