काठमाडौं। उच्च अदालत पाटनले टुकुचा खोलामाथिका भौतिक संरचना नभत्काउन आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको हो ।
अदालतले रिट दायरकर्ता र विपक्षी महानगरपालिकालाई छलफलका लागि असोज ५ मा झिकाएको छ । टुकुचा मिचेर निर्माण गरेका कमलपोखरीस्थित लक्ष्मी बैंक, जय नेपाल सिनेमा हल लगायतमा डोजर चलेको थियो । ती संरचनाभित्र टुकुचा खोला भेटिएको थियो ।
याे पनि:
काठमाडौंको जय नेपाल हल परिसरमा खन्दा भेटियो टुकुचा खोला