धनकुटा । कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डको भेडेटार नजिक बसमा आगलागी भएको छ । काठमाडौंबाट धनकुटातर्फ जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बसमा गुडिरहेको बखत शुक्रबार अपराह्न साढे ३ बजे आगलागी भएको हो ।
सुनसरीको धरान उपनगरपालिका ४ देवीस्थानमा घटना भएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ। बसमा अकस्मात आगलागी सुरु भएपछि यात्रुहरु भागाभाग भएको जनाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले धरानबाट आएको दमकलको सहायतामा आगो निभाएका थिए । बसमा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीको भनाइ छ ।
बस पूर्णरुपमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन । आगलागी सुरु भएपछि यात्रुहरु उत्रिएर बच्न सफल भएका छन् ।