काठमाडौं। कीर्तिपुरको पाँगामा वितरक तथा प्रदर्शन नरेन्द्र महर्जन र उनको टिमले ‘कीर्तिपुर सिनेप्लेक्स’ नामक नयाँ हल सञ्चालमा ल्याएका छन्। हलको हिजो एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।
सञ्चालक महर्जनका अनुसार हिजोबाट हलमा एक नेपाली भाषाको र एक हलिउड फिल्म रिलिज भएको छ। एक मात्र पर्दा रहेको हलमा चाँडै अर्को पर्दा पनि जोडिने महर्जनले बताए।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकारहरु दीपकराज गिरी, स्वस्तिमा खड्का, निर्माता छविराज ओझा, निर्देशक निश्चल बस्नेत, दीपाश्री निरौला, शोभित बस्नेतलगायतको उपस्थिति रहेको कार्यक्रममा महर्जनले हलमा हाललाई २ सय ८५ दर्शक क्षमता रहेको बताए।
हलमा दैनिक ४ शोज फिल्म रिलिज हुनेछ। महर्जनका अनुसार हल निर्माण र जग्गा खरिदमा २० करोड खर्च भएको छ।