काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको चाहनानुसार विकास निर्माणका काम हुने बताएकी छन् ।
गोदावरी नगरपालिका–१२ र काठमाडौं मेडिकल कलेजले संयुक्तरूपमा आज आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री भुसालले भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताएकी हुन् ।
उनले भौतिक तथा मानवीय विकासका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिइन्। मन्त्री भुसालले आफूहरू जनतालाई साथमा लिएर विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिबद्ध छौं।
जनताको भावनालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउने विश्वास दिलाउँदै मन्त्री भुसालले सातदोबाटो–चापागाउँ सडक स्तरोन्नति गर्दा जनताको इन्छाअनुसार नै गरिएको जानकारी दिइन् ।