रुपन्देही। गृहमन्त्री बालकृष्ण खाणले उपयुक्त विकल्पको व्यवस्थापन नगरी सुकुम्बासीका घर भत्काउन नहुने बताएका छन्।
सत्ता गठबन्धनबाट रूपन्देही ३ मा उम्मेदवारी दिएका कांग्रेसका नेतासमेत रहेका खाणले बुटवलमा भएको कार्यक्रममा बोल्दै विकल्प नदिई सुकुम्बासीका घर भत्काउन नहुने बताएका हुन्।
मन्त्री खाणले सुकुम्बासीलाई अहिले बसोबास गरिरहेको स्थानबाट अन्यत्र सार्नुपर्ने भएमा विकल्प दिइनुपर्ने बताए।
देशका केही नगरपालिकाहरूले सुकुम्बासी बस्तीका घर तथा टहरा हटाउन सुरू गरेका छन्। त्यसतर्फ लक्षित गर्दै उनले विकल्प दिएर त्यस्ता घर तथा टहरा हटाउनुपर्ने बताए।
उनले विकल्प नदिई सुकुम्बासीका घर तथा टहरा भत्काउन खोजिएमा प्रहरी र प्रशासनले सहयोग गर्न नसक्ने पनि बताए।