काठमाण्डौं । होङसीमा लगानी गर्ने हङकङ रेडलाइनले नेपालमा लगानीमैत्री वातावरण बनेको कारणले थप लगानी गर्ने कुरा लगानी बोर्डको १० औं वार्षिक उत्सवमा सन्देशमार्फत जानकारी दिएको छ ।
कम्पनीको चेयरम्यान २०१३ मा नेपालमा लगानी गर्न अध्ययनको लागी आएका बेला नेपालमा लगानीको अवसर देखे पछि लगानी गर्ने निर्णय गरेका थिए । अहिले चीनको होङसी होल्डिङ कम्पनीले शिवम् सिमेन्ट कम्पनीसँग जोइन्ट भेन्चरमा लगानी गर्दै आएको छ ।
त्यस्तै नेपालमा लगानीमैत्री वातावरणको संभावना बढी भएको कारणले गर्दा होङसीले एचएस इन्भेष्टमेन्ट कम्पनीबाट दाङ सिमेन्टमा पनि १५ अर्ब लगानी गर्ने तयारीमा रहनुका साथै लगानीको लागी उधोग दर्ता प्रक्रियामा रहेको छ ।