बुटवल । बुटवलको चुरे पहाडमा केबलकार निर्माण भइरहेको छ । बुटवलको शिरमा रहेको चुरेपहाड भासिने र पहिरो खस्ने जोखिमका बीच पनि यहाँ केबलकार निर्माण कार्य जारी छ ।
यसवर्ष बुटवलको ज्योतिनगरमा पहिरो खस्दा ज्योतिनगर, बमघाट, मिलनपथ लगायतका बस्ती जोखिममा परे । तर, पहिरो कसरी नियन्त्रण गर्ने र जोखिम घटाउने भन्नेमा ठोस निष्कर्ष अझै निस्केको छैन ।
पहिरोले बुटवल ३ को ज्योतिनगर, बमघाट, मिलनपथ लगायतका बस्तीमा कतिबेला पहिरो खसेर च्याप्ने हो थाह छैन । तर यही तिनाउपारी नुवाकोट डाँडा र तिनाउवारी वसन्तपुर डाँडामा २, २ वटा केबलकार बनाउने योजना अघि बढेका छन् । जोखीम बढेपनि डाँडामा केबलकार निर्माणका प्रक्रियाअगाडि बढेका छन् ।