पाँचथर। जिल्लामा मतगणनास्थलमा सीसी क्यामेरा जडानसँगै तारजाली लगाउने काम सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल रहेको फिदिमस्थित जिल्ला समन्वय समिति अगाडिको कर्भड हल रहेको क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउने काम समेत सम्पन्न गरेको छ।
प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको पाँचथरका सबै मतपेटिका कर्भड हलमा राखेर सोही हलमा तीनवटा समूहले गणना गर्नेगरी ठाउँको व्यवस्थापन गरिएको बताइएको छ।
गणनास्थलमा तारजाली लगाउनका साथै सुरक्षा पोष्ट, मिडिया डेस्क र आवश्यक संरचना निर्माण गरिएको छ। गणनास्थलमा सीसी क्यामेरा सहितका सुरक्षा प्रबन्ध मिलाइएको छ। यसैबीच जिल्लास्थित एक सय ३ वटा मतदानस्थलमा रहेका ए सय ७७ वटा केन्द्रमा पुगेका कर्मचारीले शुक्रबार बिहानैदेखि मतदानस्थलको व्यवस्थापन गर्न थालेका छन्।