काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा राप्रपा नेता विक्रम पाण्डेले फराकिलो अग्रता बनाएका छन् ।
७२ हजार ३८६ गणना हुँदा निर्माण व्यवसायी समेत रहेका पाण्डेले २६ हजार २८१ मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले १८ हजार १०२ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १३ हजार ३५७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ९ हजार ४८२ मत ल्याएका छन् ।
पाण्डे कालिका कन्स्ट्रक्सनका संचालक हुन्। उनले चितवन क्षेत्र नम्बर ३ का बाँकी अधुरा विकास निर्माणका काम पूरा गर्न आफूले निर्वाचन जित्नु पर्ने बताएका छन्।
पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका पाण्डे अघिल्लो पटकको निर्वाचनमा अध्यक्ष प्रचण्डसँग ९ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए।
उनी २०७० सालमा तत्कालीन चितवन–५ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।