काठमाडौं। गत कात्तिक महिनामा गएको भूकम्पबाट प्रभावित बनेका पालिकाहरुलाई काठमाडौं महानगरपालिकाले नगद सहयोग गरेको छ। महानगरपालिकाले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिकालाई विपद व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो।
महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)का स्वकीय सचिव भूपदेव शाहले गाउँपालिकाको कार्यालयमा पुगेर अध्यक्ष राम उपाध्यायलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । महानगरको विपद व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गरिएको जनाएको छ।
गएको कार्तिक २९ गते राष्ट्रिय सभा गृहमा बसेको महानगरको १० औँ कार्यपालिका बैठकले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित पूर्वीचौकी गाउँपालिकालाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । गाउँपालिकाका अध्यक्ष उपाध्यायले, विषम परिस्थितिको सामना गर्न महानगरबाट प्राप्त भएको सहयोगबाट राहत महसुृस भएको बताएका छन् ।