काभ्रे। पनौती नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि बेरोजगार व्यक्तिको सूची पठाउन अनुरोध गरेको छ ।
नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दे बेरोजगार युवाको सूची पठाउन वडा कार्यालयहरुलाई पत्राचार गरेको हो ।
सूचना अनुसार मंसिर १५ गतेभित्र वडा कार्यालयले नगरपालिकामा सूची पठाउनु पर्ने छ । कामको लागि पारिश्रमिकमा आधारित सामुदायिक योजनामार्फत सो कार्यक्रम सञ्चालन हुन लागेको पालिकाले जनाएको छ ।
प्रत्येक वडाले ४ लाखको परिधिमा रही छनौट गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ