तस्बिर: कान्तिपुर
बाँके। कोहलपुर नगरपालिका क्षेत्रका ८७२ वटा अनधिकृत होडिङ बोर्ड र फ्ल्यास बोर्ड हटाएको छ । नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको छेउछाउमा राखिएका अनधिकृत र मापदण्ड विपरीतका होडिङ बोर्ड तथा फल्यास बोर्डहरू हटाइएको हो ।
विज्ञापन प्रयोजनका लागि नगरपालिकाको स्वीकृतबिना राखिएका विभिन्न संघसंस्थाका २२० वटा होडिङ बोर्ड र ६५२ वटा फ्ल्यास बोर्डहरू हटाइएको कोहलपुर नगर प्रहरीले जनाएको छ।
अनधिकृत रुपमा होडिङ बोर्ड राख्नेबाट अहिलेसम्म २० हजार ५ सय रुपैयाँ जरिवाना अशुल गरिएको छ।
होडिङ बोर्डहरू जरिवाना गरेर सम्बन्धित निकायलाई बुझाउने काम समेत भइरहेको छ। नगरपालिकाको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड र फ्ल्यास बोर्डहरू जरिवाना तिरेर लैजान ७ दिने सूचना जारी गरिएको छ । यदी ७ दिनभित्र लिन नआएको खण्डमा नगरपालिकाले कानुन अनुसार लिलामी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।